• १३ साउन २०८१, आइतबार

माघमा तेस्रो विद्यालय नाटक महोत्सव

blog

पोखरा, पुस ७ गते । आगामी माघ १५ बाट गण्डकी प्रदेशस्तरीय तेस्रो विद्यालय नाटक महोत्सव–२०७९ सुरु हुने भएको छ। महोत्सव माघ २१ गते शनिबारसम्म चल्नेछ। वार्षिक रूपमा गरिँदै आएको महोत्सवका लागि थिएटरले नाटकहरूको आह्वान गरेको छ।

‘विद्यालयमा रङ्गमञ्च : अर्थपूर्ण बाल सहभागिताको आधार’ मूल नाराका साथ आयोजना हुने महोत्सवमा सहभागिताका लागि विभिन्न छनोट चरण पार गर्नुपर्नेछ। पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिनेछ। त्यसका लागि यही पुस २० भित्र नाटकको कथावस्तु पठाइसक्नुपर्ने पोखरा थिएटरका निर्देशक परिवर्तनले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नाटक नेपाली र समयावधि घटीमा ४० मिनेटदेखि बढीमा एक घण्टासम्मको हुनुपर्नेछ।” महोत्सवका लागि २१ नाटक छनोट गर्ने तयारी गरिएको छ। पहिलो चरणमा नाटकको स्क्रिप्ट अध्ययन गरिनेछ। अध्ययन गरिएका स्क्रिप्टबाट कथावस्तु, भाषाशैली, संवाद, प्रस्तुतीकरण, मञ्चन, मौलिकतालगायतलाई आधार मानी नाटक छनोट गरिने संयोजक परिवर्तनले जानकारी दिनुभयो।