• १२ असोज २०८१, शनिबार

दुर्घटनामा एक महिलाको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस २ गते । झापाको कमल गाउँपालिका वडा नं. ५ मा शुक्रवार अपराह्न भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम मार्गको पाडाजुंगी नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

को ३२प८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले ठक्कर दिँदा  बेलबारी नगरपालिका–८ कि ५८ वर्षीया तुलसा देवी गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार गुरुङलाई तत्काल उद्धार गरेर इलाका प्रहरी कार्यालय दमककै प्रहरी भ्यानमा हालेर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको समेत प्रहरीले जानकारी दिएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको बताइएको छ ।