ब्रसेल्स, पुस १ गते । युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौँ प्याकेजलाई अनुमोदन गरेको छ ।
युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताएको छ ।
उनीहरूले रूसविरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरू बारे थप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौँ प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्यापलगायत विषयमा गहिरो छलफल भएको छ ।
युक्रेनलाई मद्दत गर्नका लागि १८–बिलियन–युरो (१९.१ बिलियन अमेरिकी डलर) को आर्थिक सहायता प्याकेज पनि एजेन्डामा थियो तर नेताहरूले यो विषयलाई अनुमोदन भने गरिएको छैन ।
‘युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउन तयार छ। युरोपेली परिषद्ले प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र छलछाम रोक्न र यसको सहजीकरणको महत्त्वलाई जोड दिनेछ,’ नेताहरूले सम्मेलनपछि बताएका छन् । रासस/सिन्ह्वा