होमराज रानाभाट
कावासोती, मङ्सिर २७ गते । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा रहेको एक मात्र टरुवा ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ काम अगाडि बढे पनि अहिले यो ताल दिनानुुदिन कुुरूप बन्दै जान थालेको छ । गत वर्ष नै कावासोती नगरपालिका र मन्त्रालयबीच सम्झौता भई सात करोडको साझेदारी कार्यक्रम सुरु भए पनि अहिले सो कार्यक्रमबाट संरक्षणको कुुनै काम हुुन नसकेको स्थानीयवासीले बताएका छन् ।
सदरमुकामको गहनाका रूपमा रहेको कावासोती नगरपालिकास्थित टरुवा ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संरक्षण तथा मर्मत सुरु गरिएको थियो । हाल यो तालमा घाँस उम्रेर पुुरिने अवस्था आएको छ ।
कावासोतीका स्थानीय माधव भण्डारीले गत वर्ष नै कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा बजेट विनियोजन गरेर टरुवा ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने कार्यक्रम सार्वजनिक गरिएको थियो ।
सो सम्झौताअनुुसार कुुनै काम हुुन नसकेको र अहिले यो ताल कुुरूप बन्दै जान थालेको कावासोतीका स्थानीय अमरसिंह विकले बताउनुभयो । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत सात करोड रुपियाँ बजेट टरुवा तालको संरक्षण र विकासमा छुट्याइएको भनिए पनि कुुनै काम हुुन सकेको छैन । कावासोती नगरपालिका–७ र ८ मा रहेको टरुवा ताल तथा सिद्धेश्वर क्षेत्र समेटेर पर्यटकीय क्षेत्रको विकास सुरु गरिएको हो । नगरपालिकाकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावनाका रूपमा रहेको टरुवा ताल विगतमा आवश्यक पूर्वाधारको अभावमा ओझेलमा पर्दै आएको थियो । यस क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा काम अगाडि बढेको नगरप्रमुख विष्णुु भुसालले बताउनुभयो ।
नगरको हरेक क्षेत्र समेटर विकासका कामलाई अगाडि बढाइएको, पर्यटकीय क्षेत्रको विकासमा मन्त्रलायसँग समेत साझेदारीमा काम गर्न लागेको नगरप्रमुख भुसालले बताउनुुभयो ।
उहाँले भन्नुुभयो, “आवश्यकताअनुसार प्रदेश र सङ्घसँग समन्वय गर्दै अघि बढ्नेछौँ ।” पर्यटकीय क्षेत्रको विकासका लागि मन्त्रालयसँगको साझेदारीमा काम अघि बढ्नु खुसीको कुरा भएको नगरप्रमुख भुसालको भनाइ छ । टरुवा ताल क्षेत्रलाई पर्यटकीय रूपमा विकास गर्ने नगरको योजना रहेको र सोहीअनुसार गुरुयोजनासमेत तयार गरी काम सुरु गरिएकाले पर्यटन पूर्वाधार विकासका काम सम्पन्न गरेसँगै टरुवा ताल नगरकै गहनाका रूपमा विकास हुने दाबी भुसालको छ ।
मन्त्रालयको चार करोड ५५ लाख र कावासोती नगरपालिकाको दुई करोड ४५ लाख रुपियाँ लागत साझेदारीमा काम अगाडि बढ्ने जनाइएको छ तर अहिले तालको सरंक्षण हुुन नसक्दा कुुरूप बन्दै जान थालेपछि स्थानीयवासीमा चिन्ता छाएको छ ।