• ८ मंसिर २०८१, शनिबार

भूकम्प (कथा)

blog

वि.सं २०७२ को घटनाले थुप्रै घर भत्किए, थुप्रै मानिस घाइते भए, थुप्रै बिते । 

ठूलो आवाज आयो । एकै छिनमा पूरा नेपाल हल्लियो । के भइरहेको छ ? कसरी, हाम्रो घर हल्लिरहेको छ ? बाबाले भन्नुभयो ।

भूकम्प आयो, भूकम्प आयो छिमेकीहरूले भन्न लागे ।

बाबा छिटो कुदेर सुनील, मामु, आमालाई लिएर बाहिर भएको खाली मैदानमा लग्नु भयो ।

आमा ! सुनील बाहिर खाली मैदानमा जाम, भूकम्प आयो, बाबाले भन्नुभयो । 

सबै जना हतारमा कुदेर खाली मैदानमा जानुभयो । मामुले भन्नुभयो, “लौ रमेश खै त ? सुनील रमेश कहाँ छ ? मलाई थाहा छैन मामु । भाइ कता छ ? सुनीलले भन्यो ।”

सात वर्षको सानो रमेश आफ्नो कोठामा बसिरहेको थियो । आहा सबै घरहरू त हल्लिन थाले , जादु भयो, रमेशले भन्यो । बाबा छिटो छिटो कुदेर रमेशलाई बोकेर खाली मैदानमा लग्नुभयो । रमेशले भन्यो, “बाबा मैँले त जादु देखेँ । रमेशले भन्यो ।” 

अहिले सानो भूकम्प आएको हो तर ठूलो भूूकम्प पनि आउन सक्छ, त्यही भएर हामी र हाम्रो छिमेकीहरूसँग हामी आज टेन्ट बनाएर सँगै बस्छौँ । बाबाले भन्नुभयो ।

रमेश आफ्नो दादासँग टेन्टमा सुतिरहेको थियो तर अचानक एउटा ठूलो भूकम्प आयो । धेरै ठूलो भूकम्प आयो– मामुले भन्नुभयो । रमेशलाई एकदमै डर लागिरहेको थियो । सबै छिमेकी पनि डराए । 

यो भूकम्पले हाम्रा घरहरू भत्काइदियो– मामुले भन्नुभयो । रातको १२ बजे आएको भूकम्प करिब २ मिनेटसम्म हल्लाइरहेको थियो ।

भूकम्पले रमेश निकै डराइरहेको थियो । रमेश र सुनीलले आफ्ना मामु–बाबाको हात च्याप्प समातिरहेका थिए ।

बाबा के भयो, भूकम्प फेरि आउँछ ? रमेशले सोध्यो । 

अब केही हुन्न छोरा, ठूलो भूकम्प गइसक्यो । डराइ डराइ दुवै जना सुत्न गए ।

रमेश बिहान मान्छेहरूको हल्ला सुनेर उठ्यो । ऊ खेल्न जान चाहान्थ्यो तर खेल्ने वातावरण नै थिएन । उसको बाबाले उसलाई आफूसँगै बस्न भनेका थिए । उसको बाबाले भूकम्पका कारण समस्यामा परेकालाई सहयोग गर्नुपर्छ भने, रमेश पनि बाबासँगै भूकम्पको उद्धार टोलीमा सहभागी भयो ।

घर भत्केर खान नपाएकालाई खाना खुवायो, उनीहरूलाई बस्नका लागि टेन्ट बनाउन सहयोग ग¥यो । उसको काम देखेर सबैले उसलाई माया गरे । उसको प्रशंसा सबैले गर्न थाले ।