• १३ साउन २०८१, आइतबार

मिथिला संस्कृतिसम्बन्धी कार्यक्रम सुरु

blog

काठमाडौँ, मङ्सिर २४ गते । कर्ण कायस्थ महासभा नेपाल तथा भारत मर कर्ण कायस्थ महिला समाज नेपालद्वारा आयोजित मिथिला संस्कृति तथा कर्ण कायस्थ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यक्रम सुरु भएको छ ।  

ज्येष्ठ नागरिक डा. गौरीशङ्करलाल दासको आतिथ्यमा सुरु भएको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिलाई सम्मान गरिनुका साथै वरिष्ठ समाजसेवी, मानव अधिकारवादी, चिकित्सक तथा नेपालका विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो । 

नेपाल तथा भारतका कर्ण महिलाले पशुपतिनाथ मन्दिरको बागमतीबाट घैलामा जल भरी आयोजना स्थलसम्म ल्याई सुरु गरिएको कार्यक्रममा स्व. लाल दास (भारत)द्वारा लिखित मैथिल रामायण, कन्हैयालाल दास (नेपाल)द्वारा लिखित श्रीमद्भागवत गीता तथा कर्ण कायस्थ महासभाको त्रैमासिक पत्रिका कर्णप्रियको विमोचन गरियो ।