• १३ साउन २०८१, आइतबार

बिजुली बल्दा सुकुम्बासी खुसी

blog

रौतहट समाचारदाता 

रौतहट, मङ्सिर २३ गते । रौतहटको कटहरिया नगरपालिकाका भूमिहीन सुकुम्बासीको घरमा बिजुली बल्न थालेपछि उनीहरू मक्ख परेका छन्। वर्षौंदेखि अन्धकारमा बसेका उनीहरूको घरमा विद्युतीय मिटर बक्ससमेत जडान भइसकेको छ। 

दिगो समाधान परियोजनामार्फत अति विपन्न परिवारलाई सरकारी सेवा र सुविधामा पहुँच पु-याउन वडाध्यक्ष भूपेन्द्र महतोको सक्रियतामा बिजुलीको मिटर जडान गरी बत्ती बालिएको हो। नगरपालिकाको वडा नं. १, भसेडवाबाट सुरु गरिएको मिटर वितरण ३, ४ र ९ नम्बर वडाका सुकुम्बासीलाई पनि वितरण गरिने वडाध्यक्ष महतोले बताउनुभयो। उहाँका अनुसार पहिलो चरणमा वडा नं. १ का २९ सुकुम्बासी घरपरिवारलाई मिटर वितरण गरी जडान गरिने छ। 

मिटर जडान भई घरमा बिजुली बल्दा मन नै उज्यालो भएको अनुभूति सुनाउँदै स्थानीय उर्मिलादेवी दासले गरिबका घरमा पनि बिजुली बल्दा साह्रै खुसी लागेको बताउनुभयो। “मिटर जडान गराउँदा जग्गाको लालपुर्जाको फोटोकपी बुझाउनु पर्ने प्रावधान हुँदा भूमिहीन सुकुम्बासी अन्धकारमा बस्न बाध्य थिए। स्थानीय हफुजलमिया दर्जीले भन्नुभयो, ‘बत्ती बल्दा सुकुम्बासी बस्तीमा खुसियाली छाएको छ।”