• १३ साउन २०८१, आइतबार

सर्लाहीमा घरको छतबाट खसेर एकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, मंसिर २१ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बजारमा मंगलबार राति घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ । धनुषाको वीरेन्द्रबजार घरभई हाल नवलपुरस्थित सञ्जय साहको घरमा डेरा गरेर बस्ने ५० वर्षीय भरत लामाको छतबाट खसेर मृत्यु भएको हो । 

मंगलबार साँझ घरको दोस्रो तलबाट खसेर गम्भीर घाइते हुनुभएका लामाको उपचारका क्रममा राति नमुना अस्पताल हरिवनमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । 

कोठाको चाबी हराएपछि खोजी गर्ने क्रममा लामा साँझ ७:३० बजेतिर अचानक छतबाट खस्नुभएको प्रत्यक्षदर्शीले बताएका छन् । उहाँ वैदेशिक रोजगारीबाट दुई साताअघि मात्रै घर फर्किनुभएको थियो । 

नमुना अस्पताल हरिवनमा रहेको मृतक लामाको शव बुधबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मंगलबार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।