• २२ वैशाख २०८१, शनिबार

स्वीट्जलरज्यान्डमाथि गोल वर्षा गर्दै पोर्चुगल क्वार्टरफाइनलमा

blog

काठमाडौं, मंसिर २१ गते । स्वीट्जरल्यान्डमाथि गोल वर्षा गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । लुसेल आइकोनिक रंगशालामा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलले हरायो ।


पहिलो हाफमा कप्तान क्रिस्टियानो रोनाल्डोविनै मैदानमा उत्रिएको पोर्चुगलले दुई गोल गरेको थियो । पोर्चुगलले दोस्रो हाफमा चार गोल थपेको थियो । रोनाल्डो ७४औं मिनेटमा जोआओ फेलिक्सको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो । 

एकपक्षीइ खेलमा पोर्चुगललाई जिताउन गोन्कालो रामोसले ह्याट्रिक गर्नुभयो । रोनाल्डोको स्थान लिनुभएका उहाँले १७औं मिनेटमा गोलको खाता खोल्नुभएको थियो । त्यसपछि ५१औं र ६७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो ।


यो जारी विश्वकपको पहिलो ह्याट्रिक हो । पेपेले ३३औं, राफायल गुरेरोले ५५औं र राफायल लिआओले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाउनभयो । खेलभर पोर्चुगलको दबाब झेलेको स्वीट्जरल्यान्डले ५८औं मिनेटमा एउटा सान्त्वना गोल फर्काएको थियो ।


स्वीट्जरल्यान्डका लागि म्यानुएल अकान्जीले सान्त्वना गोल गर्नुभएको हो । क्वार्टरफाइनलमा पोर्चुगलले मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार राति नै भएको खेलमा मोरोक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । एजेन्सी