• १२ असोज २०८१, शनिबार

सत्तारुढ दलको बैठक भोलि बस्दै

blog

काठमाडौं, मङ्सिर, १८ गते । सत्तारूढ गठबन्धनको बैठक भोलि सोमबार बस्ने भएको छ । यस बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल हुने छ । 

नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिनुभयो ।

बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ । 

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा त निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा भने केही बताइएको छैन । रासस