• १२ असोज २०८१, शनिबार

पुस मसान्तभित्र अनलाइन सञ्चार माध्यम अद्यावधिक गरिसक्नुपर्ने

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, मङ्सिर १८ गते । प्रेस काउन्सिल नेपालले सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई सूचीकरण अद्यावधिक गराउन म्याद तोकेको छ ।  काउन्सिलले आइतबार एक सूचना जारी गर्दै अनलाइन सूचीकरणलाई स्पष्ट, सरल र प्रभावकारी बनाउन अद्यावधिक गर्न सबै अनलाइनलाई भनेको हो । 

अनलाइन सूचीकरणको मापदण्ड–२०७८  अनुरुप ‘अनलाइन सञ्चार माध्यमले हरेक वर्ष, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ भन्ने व्यवस्था अनुसार सूचीकरण अद्यावधिक गराउनुपर्ने काउन्सिलले जनाएको हो । 

यस्तै, सूचना तथा प्रसारण विभागमा दर्ता भई काउन्सिलमा सूचीकरण हुन आएका अनलाइन सञ्चार माध्यमको सङ्ख्या ३ हजार ७०३ पुगेकोमा कतिपय अनलाइनहरूको डोमेनको अवधि सकिएको, ह्याक भई नबुझिने भाषामा सामग्री पोष्ट भएको पाइएको छ । 

साथै साइट अपडेट नै नभएको अवस्थामा रहेको र कतिपय अनलाइनमा सम्पर्क ठेगाना नराखिएकाले पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गराउनुपर्ने र तोकिएको समयभित्र अद्यावधिक नभएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक सूचीकरणबाट अलग राखिने सूचनामा उल्लेख छ । 

सूचना तथा प्रसारण विभागमा दर्ता भई काउन्सिलमा सूचीकरण हुन आएका अनलाइन सञ्चार माध्यमको सङ्ख्या ३ हजार ७०३ पुगेकोमा कतिपय अनलाइनहरूको डोमेनको अवधि सकिएको, ह्याक भई नबुझिने भाषामा सामग्री पोष्ट भएको पाइएको छ । 

अद्यावधिकका लागि सञ्चालक कम्पनीको लेटरप्याडमा सूचीकरण अद्यावधिक गरिदिनेसम्बन्धी निवेदन, सूचना तथा प्रसारण विभाग, सञ्चार रजिष्ट्रार कार्यालयमा अद्यावधिक गरिएको प्रमाणपत्रको प्रतिलिपि, सञ्चालकको पासपोर्ट साइजको तस्बिर २ प्रति (प्रमाणपत्र नलगेकाको हकमा), सम्पादकको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्नुपर्ने छ । 

यसैगरी, यसअघि सूचीकरण प्रमाणपत्र नलिएकाको हकमा नयाँ सूचीकरण फाराम अनुसार विवरण अद्यावधिक गरी नपुग कागजात संलग्न गनुपर्ने तथा सूचीकरण प्रमाणपत्र लिइसकेका अनलाइन सञ्चार माध्यमले निवेदनका साथ सूचीकरणको सक्कल प्रमाणपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।