• १२ साउन २०८१, शनिबार

पोर्चुगल नकआउट चरणमा

blog

उरुग्वेविरुद्ध गोल गर्दै पोर्चुगलका ब्रुनो फर्नान्डेस । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १३ गते । पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह एच अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोलले हरायो ।


लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेल अगावै नकआउट चरणमा पुगेको हो । यसअघि पहिलो खेलमा पोर्चुगलले घानालाई ३-२ गोलले पराजित गरेको थियो । 

पोर्चुगललाई जिताउन दुवै गोल ब्रुनो फर्नान्डेसले गर्नुभयो । दुवै गोल दोस्रो हाफमा गरेको पोर्चुगलका लागि ब्रुनोले ५४ अ‍ौं मिनेटमा राफायल गुरेईरोको पासमा खाता खोल्नुभयो ।


त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो । उरुग्वेका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि पोर्चुगलले भीएआरको सहायतामा पेनाल्टी पाएको थियो ।

यता पहिलो हाफमा राम्रा अवसर गुमाएको उरुग्वे दोस्रो हाफमा निरास बन्यो । जितसँगै ६ अंक बनाएको पोर्चुगल शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको घानाको तीन अंक छ ।


सोमबारनै भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोलले हराएको थियो । उरुग्वे र दक्षिण कोरियाको समान एक एक अंक छ । अब समूहको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी