• १३ असोज २०८१, आइतबार

स्थानीय तहका कर्मचारीलाई तालिम दिइने

blog

काठमाडौँ, मङ्सिर १२ गते ।  सरकारले स्थानीय तहका कर्मचारीको कार्यक्षमता अब्बल बनाउने उद्देश्यसहित विभिन्न मुलुकमा आयोजना हुने सेवा प्रवाहसँग सम्बन्धित विषयमा तालिम प्रदान गर्ने भएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीलाई विभिन्न मुलुकमा आयोजना हुने वैदेशिक अध्ययन तथा तालिममा सहभागी गराउन लागेको हो । तत्काल नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र स्थानीय तहका कर्मचारीलाई तालिम प्रदान गरिनेछ ।

तालिममा सार्वजनिक प्रशासनको सुधारमा कर्मचारीको क्रियाशीलता, व्यवस्थित सहरीकरण, स्थानीय तहको सेवा प्रवाह र विकास निर्माणलगायतका क्षेत्रसँग सम्बन्धित विषयमा तालिम प्रदान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।