• १२ असोज २०८१, शनिबार

मोरङ ६ बाट कोइराला विजयी

blog

सचिन पोख्रेल

विराटनगर, मङ्सिर ९ गते । मोरङ क्षेत्र नम्बर ६ बाट बाम–गठबन्धन तर्फका नेपाली कांग्रेसका  उम्मेदवार डा. शेखर कोइराला विजयी हुनु भएको छ । प्रतिनिधि सभा सदस्यमा  नेपाली कांग्रेसका नेता कोइरालाले प्रतिद्वन्द्वी नेकपा एमालेका लालबाबु पण्डितलाई १२ हजार २८६ को भारी मतान्तरले पराजित गरी विजयी हुनु भएको हो । 

कोइरालाले ३५ हजार २१८ प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार पण्डितले २२ हजार ९३२ मत प्राप्त गर्नुभएको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ३७१ मत खसेकोमा ४ हजार ९५४ बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस अघि २०७४ सालको निर्वाचनमा नेता कोइराला एमाले स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री समेत रहनु भएका पण्डितसँग पराजित हुनुभएको थियो ।