• १२ असोज २०८१, शनिबार

पाँचथरमा मतान्तर बढाउँदै कांग्रेस

blog

नारायण तुम्बापो 

फिदिम, मङ्सिर ७ गते । पाँचथरमा प्रतिनिधि सभातर्फका गठबन्धनका कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बेले आठ हजार ७९६ मत प्राप्त गर्दै अगाडि आउनुभएको छ । उहाँलाई एमाले उम्मेदवार वसन्तकुमार नेम्बाङले आठ हजार २०५ मतका साथ पछ्याउँदै हुनुहुन्छ । यसअघि दुई सय मतले अगाडि रहनुभएका आङ्देम्बे अहिले ५९१ मतले अग्रस्थानमा हुनुहुन्छ । 

यहाँको प्रदेश ‘क’ मा अगाडि रहेका नेकपा एसका उम्मेदवार कमल प्रसाद जवेगुलाई एमाले उम्मेदवार राजकुमार भण्डारीले पछाडि पार्नुभएको छ । जारी गणनाबाट पछिल्लो प्राप्त मत राजकुमार भण्डारीको आठ हजार १० र जवेगुको सात हजार ९५० रहेको छ । 

मतगणना सुरु भएदेखि लगातार अग्रस्थानमा रहनुभएका जवेगु बुधबार बिहानबाट पछाडि पर्नुभएको हो । प्रदेश ‘ख’ मा नेकपा माओवादीका इन्द्रबहादुर आङ्बो दुई हजार ४०९ को धरै फराकिलो मत अन्तरले अगाडि बढ्नु भएको छ । उहाँको हालको मत नौं हजार नौं सय १५ छ भने निकटतम प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्बाङको सात हजार पाँच सय ६ मात्र रहेको छ ।