• १३ साउन २०८१, आइतबार

एसका अध्यक्ष नेपाल ४ हजार ६३० मतसहित अग्रस्थानमा

blog

सञ्जय कुमार मिश्र 

गौर, मङ्सिर ७ गते ।  निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट माधवकुमार नेपाल ४ हजार ६३० मतले अगाडि रहनु भएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्ष नेपालले १९ हजार ७७० मत प्राप्त गरी अग्र स्थानमा रहनु भएको हो । नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ताले १५ हजार १४० मत प्राप्त गरी दोस्रो स्थानमा रहनु भएको जिल्ला निर्वाचन कार्यालय, रौतहटले जनाएको छ ।

रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल मतगणना सुरुसँगै अहिलेसम्म अग्रता कायम राख्नुभएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले बताउनुभयो । 

यस्तै, रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह र क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह र क्षेत्र नं.४ मा नेपाली कांग्रेसका उम्मेदवार देव तिम्लिसिनाले अग्रता लिनुभएको छ ।