• २ असार २०८१, आइतबार

लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्यान्ड मेक्सिकोसँग बराबरीमा रोकियो

blog

पेनाल्टीमा असफल भएपछि पोल्यान्डका रोबर्ट लेवान्डोस्की । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ७ गते । पोल्यान्डका अनुभवी ट्राईकर रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्यान्डले विश्वकप फुटबलको पहिलो खेलमा मेक्सिकोसंग अङ्क बाँडेको छ ।

कतारको दोहास्थित स्टेडियम ९७४ मा मंगलबार राति भएको समूह  ‘सी’ को खेलमा पोल्यान्ड र मेक्सिको गोलरहित बराबरीमा रोकिए । 

पोल्यान्डको लगातार प्रहारमा मेक्सिकोका गोलरक्षक गिलेर्मे ओचोआ बाधक बन्नुभएको थियो । यसै सिजन स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुनुभएका पोल्यान्डका ट्राईकर लेवान्डोस्कीले ५८औँ मिनेटमा पेनाल्टी मिस गर्नुभएको थियो ।


लेवान्डोस्कीको पेनाल्टी प्रहारलाई मेक्सिकोका गोलरक्षक ओचोआले विफल पार्नुभयो । पेनाल्टीबाहेक पोल्यान्डका थप प्रहारमा मेक्सिकोका गोलरक्षक  बाधक बनेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।

यस समूहमा तीन अङ्क बनाएको साउदी अरब शीर्षस्थानमा छ । मंगलबार नै भएको खेलमा साउदी अरबले अर्जेन्टिनालाई २-१ गोलले हराएको थियो । एजेन्सी