• १६ भदौ २०८१, आइतबार

उत्साहजनक थ्रिलर ‘दृश्यम २’

blog

काठमाडौँ, मङ्सिर ७ गते । सन् २०१५ मा प्रदर्शनमा भएको अजय देवगन अभिनीत चलचित्र ‘दृश्यम’को सिक्वेल हो ‘दृश्यम २’ । पहिलो सिक्वेलजस्तै यस 

चलचित्रले पनि थ्रिलर विधा बोकेको छ । जुन अहिले धेरै दर्शकको पहिलो रोजाइ बनेको छ । चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म सिनेमाघरमा बाँधेर राख्न बाध्य बनाउँछ । 

चलचित्रको पहिलो हाफ केही लामो छ दर्शकलाई चलचित्रको कथा बुझ्न केही समय कुर्नुपर्ने हुन्छ । दर्शकलाई दोस्रो हाफमा भने धेरै कुरा प्रस्ट हुन्छ तर चलचित्र सोचेभन्दा धेरै भिन्न छ । चलचित्रको सबैभन्दा प्रभावशाली दृश्य भनेकै चलचित्रको अन्तिम २० मिनेटको हो र त्यो २० मिनेटमा के कस्ता घटना घट्ने हुन कसैले अनुमान लगाउन सक्दैन । 

चलचित्रको कथामा नयाँ ट्विस्ट कहाँबाट आयो भनेर दर्शकले अनुमान लगाउन सक्दैनन् । चलचित्र हेरिसकेपछि दर्शकको मनमा अनेकन प्रश्न उब्जन्छन् । सात वर्षपछि प्रदर्शनमा आएको यस सिक्वेलले फेरि एक पटक सालगाउँकर परिवारको बन्द भएको मुद्दा खुलाउने काम गरेको छ । कथा त्यहीँबाट सुरु हुन्छ, जहाँ पहिलो भाग समाप्त भएको थियो । तर, यस पटक आईजी तरुण अहलावत (अक्षय खन्ना) जो पूर्वआईजी मीरा देशमुखका सहयोगी हुनुहुन्छ । विजय सालगाउँकर (अजय देवगन)विरुद्ध हत्याको मुद्दा फेरि खोलिन्छ र नयाँ अनुसन्धान सुरु हुन्छ । चलचित्रमा विजयले आफूमाथि लगाइएको आरोप स्वीकारेको कुराले आत्मसमर्पण गर्न तयार भएको जस्तो पनि देखिन्छ । यता तरुणले अब यो मुद्दा अवश्य नै सुल्झाउन सफल हुन्छन् भन्ने कुराले पनि चलचित्रको कथामा धेरै प्रभाव पर्छ । के यो मुद्दा साँच्चै समाधान हुन्छ वा विजय सालगाउँकर फेरि एक पटक फस्छन् ? यिनै कुराहरूको समिश्रण हो चलचित्र ‘दृश्यम २’ ।

चलचित्रमा अजय देवगनको संवाद कम छ तर उहाँको अभिनयले अवश्य नै दर्शकलाई आर्कषित बनाउँछ । तब्बुको कुरा गर्दा उहाँलाई आईजी मीरा देशमुखको भूमिका एकदमै सुहाएको छ । अक्षय खन्ना पनि नयाँ शैलीमा प्रस्तुत हुनुभएको छ । अक्षयको अभिनयलाई दर्शकले अवश्य मन पराउनेछन् । त्यस्तै अजय देवगनकी छोरीको भूमिकामा देखिनुभएकी श्रीया शरणको अभिनयमा खासै नयाँ कुरा झल्कदैन । उहाँको अभिनय सामान्य छ । 

चलचित्रको पहिलो सिक्वेलमा पनि थ्रिलर र एडभेन्चर थियो । कलाकारहरूको अभिनय पनि बलियो थियो । चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो भने यसमा पनि चलचित्रले राम्रो आम्दानी बटुल्छ । चलचित्र एक पटक हेर्दा खासै फरक पर्दैन ।