• १२ असोज २०८१, शनिबार

खोटाङमा गठबन्धनको अग्रता कायमै

blog

राजकुमार भट्टराई 

खोटाङ, मङ्सिर ६ गते । खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले अग्रता बढाउँदै लगेका छन् । हाल प्रतिनिधिसभाको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रको मतगणना भइरहेको छ ।

प्रदेश सभा ‘क’ मा केपिलासगढी गाउँपालिकाको सकेर ऐंसेलुखर्क गाउँपालिका र प्रदेशसभा ‘ख’ मा खोटेहाङ गाउँपालिका क्षेत्रको मतगणना जारी छ ।  

प्रतिनिधिसभामा ६ हजार २ सय ९५ मत गणना हुँदा गठबन्धनका उम्मेद्वार रामकुमार राई  (पासाङ) ले नेकपा एमालेका उम्मेद्वार विशाल भट्टराईलाई ४ सय ९ मतले पछि पार्नुभएको छ । राईले ३ हजार १ मत पाउँदा भट्टराईले २ हजार ५ सय ९२ मत प्राप्त गर्नुभएको छ । हालसम्मको बदर मत ८७ छ । जिल्लामा जम्मा ६७ हजार ७ सय ३ मत खसेको छ । 

प्रदेशसभा ‘क’ तर्फ गठबन्धनका उम्मेद्वार एकीकृत समाजवादीका वीरबलकाजी राईले ३ हजार २ सय ६६ मत पाउँदा एमालेका पाँचकर्ण राईले ३ हजार २ सय २६ मत पाउनुभएको छ । जसपाका राकेश राईले ८ सय ४५ मत पाउदा स्वतन्त्र उम्मेद्वार धर्मराज पोखरेलले ४ सय ७७ मत पाउनुभएको छ । 

प्रदेशसभा ‘ख’ तर्फ गठबन्धनका उम्मेद्वार कांग्रेसका भूपेन्द्र राईले ३ हजार ३ मत पाउँदा एमालेका रामप्रसाद दंगालले २ हजार ५ सय ५९ मत पाउनुभएको छ । यस प्रदेशसभामा अहिलेसम्म ५ हजार ८ सय ४६ मतगणना भएको छ ।