• १३ साउन २०८१, आइतबार

धनुषा– ३ को मतगणना सुरु

blog

जनकपुरधामस्थित मतगणना स्थल निधि भवन । तस्बिर: गोरखापत्र

जनकपुरधाम, मङ्सिर ५ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । जिल्लाको क्षेत्र नं. ३ मा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यका निर्वाचनको मतगणना सोमबार बिहान ५ः३० बजेबाट सुरु भएको हो । 

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको लागि निर्वाचन अधिकृतको कार्यालयले बिहान ४ बजेदेखि नै सुरु हुने सूचना जारी गरे पनि सर्वदलीय प्रतिनिधि समयमा उपस्थित नहुँदा मतदान केही समय ढिलाे भएको जनाइएको छ । 

यता, धनुषाका अन्य क्षेत्रहरूको भने बिहान ८ बजेदेखि मात्र मतगणना सुरु हुने बताइएको छ । निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना निधि भवन जनकपुरधाममा भइरहेको छ । 

जिल्लाको क्षेत्र नम्बर १ को धनुषा धाममा, क्षेत्र नम्बर–२ को तिनकौरियामा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । आइतबार सम्पन्न निर्वाचनमा धनुषामा ६२ प्रतिशत मत खसेको छ । 

Author

लक्ष्मी चौधरी