• १३ साउन २०८१, आइतबार

सप्तरीमा करिब ६१ प्रतिशत मतदान

blog

देवरामप्रसाद यादव

सप्तरी, मङ्सिर ४ गते । प्रतिनिधि तथा प्रदेश सभाका लागि आइतवार यहाँ छिटपुट घटना वाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६१ प्रतिशतभन्दा वढी मत खसेको छ । 

जिल्लामा तोकिएको ५ सय ३६ मतदान केन्द्रमा विहान ७ वजेदेखि अपरान्ह ५ वजेसम्म मतदान भएको थियो । कुल ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेको जिल्लामा करिव २ लाख ५५ हजार २ सय ८ मतदान भएको निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ ।

यद्यपि रुजु गर्ने काम भइरहेकाले यकिन सख्या सोमवार मात्र भन्न सकिने जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिनुभयो । जिल्लाको छिन्नमस्ता र रुपनी गाउँपालिकामा मतदानस्थल वाहिर दुई दलका समर्थकबीच कुटपिटको घटना वाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । 

गत स्थानीय तहको निर्वाचनमा जिल्लामा ६३ प्रतिशत मत खसेको थियो । ससंदीय निर्वाचनमा सो प्रतिशत पुग्न नसकेकाले स्थानीय तहजस्तो उत्साह नदेखिएको निर्वाचनमा खटिएका कर्मचारी र पर्यवेक्षकले बताउनुभयो । 

जिल्लामा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि मतदान भएको हो । जिल्ला निर्वाचन अधिकारी जोशीले मतपेटीका समबन्धित मुख्य निर्वाचन अधिकूत, निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको बताउनुभयो । 

मतपेटिका संकलन भइसकेपछि आवश्यक प्रक्रिया पूरागरी सोमबार विहान ८ वजेदेखि मतगणना शुरु गर्ने तयारी रहेको बताइएको छ । मतपेटिका राखिएको ठाउँमा अहिले निगरानी कडा पारिएको छ ।