• १३ असोज २०८१, आइतबार

नामिबिया भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौं, मंसिर ४ गते । नामिबियामा डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार साँझ रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । लिग–२ सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुल्सन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव रहनुभएको छ ।

नामिबिया भ्रमणको तयारीका लागि नेपालले हालै त्रिवि मैदान कीर्तिपुरमा संयुक्त अरब इमिरेट्ससँग तीन खेलको एकदिवसीय सिरिज खेलेको थियो । सिरिजको उपाधि नेपालले २–१ ले जितेको थियो ।  लिग–२ मा हाल नेपाल १७ अङ्कसहित छैटौँ स्थानमा छ ।