• १३ साउन २०८१, आइतबार

‘खियामा ब्लु स्काई’ सार्वजनिक

blog

काठमाडौँ, कत्तिक ३० गते । प्रा. विष्णु राईको गीत तथा कवितासङ्ग्रह ‘खियामा ब्लु स्काई’ सार्वजनिक भएको छ। अङ्ग्रेजी भाषामा लेखिएको सो कृति वरिष्ठ राजनीतिज्ञ हरिबोल भट्टराईको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो। 

काठमाडौँको बानेश्वरमा आयोजित कार्यक्रममा राजनीतिज्ञ भट्टराईले ‘खियामा ब्लु स्काई’ गहन कृति भएको धारणा राख्नुभयो। प्राडा घमनसिंह खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राडा केदार न्यौपानेले कृतिमाथि टिप्पणी गर्नुभएको थियो।