• १६ भदौ २०८१, आइतबार

चितुवाको आक्रमणबाट बालकको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक १५ गते । तनहुँमा नरभक्षी चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । 

व्यास नगरपालिका–१२ छिर्कने निवासी जगदिश कँुँवरको ८ वर्षको छोरा अभिनव कुँवरको मृत्यु भएको घटनास्थल पुग्नु भएका डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

मङ्गलबार साँझ ६ः१५ घरको आँगनीमा बालक खेलिरहेको बेला चितुवाले आक्रमण गरी घरभन्दा दुई सय मिटर पर खरबारीमा लागेको उहाँले जानकारी दिनुभयो । 

चितुवाले बालक लगेपछि गाउँवासीहरु चिच्चाउँदै कराउँदै निस्किएको र खोजी गर्ने क्रममा खरबारीमा बालकलाई मृत अवस्थामा भटिएको श्रेष्ठले बताउनुभयो । नौ दिनअघि मात्रै तनहुँको बन्दिपुर गाउँपालिका ३ सिस्नेघारीमा ११ वर्षीय बिना चेपाङको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो ।