• १३ साउन २०८१, आइतबार

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

blog

ट्याक्टर दुर्घटना हुँदा ज्यान गुमाएका देवानसिंह बिष्ट । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, कात्तिक ८ गते । दार्चुलाको व्यास गाउँपालिका –५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मङ्गलबार बिहान भएको दुर्घटनामा व्यास गाउँपालिका –४ का अन्दाजी ४० वर्षीय देवानसिंह बिष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार व्यास गाउँपालिका –४ डोकटबाट जिल्ला सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र ०२००१० च १४४७ नम्बरको ट्याक्टर दार्चुला–तिङ्कर सडकको धौलाकोटमा सडकबाट ५० मिटर तल खसेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।