• १६ भदौ २०८१, आइतबार

कस्मेटिक पसलमा आगलागी ८० लाखको क्षति

blog

कस्मेटिक पसलमा आगलागी हुँदा भएको क्षति । तस्बिर: अमरराज नहर्की

तनहुँ, कात्तिक ८ गते । तनहुँको सदरमुकाम दमौलीको सफा सडकस्थित न्यागिना कस्मेटिक पसलमा सोमबार राती नौ बजे आगलागी हुँदा लाखौँको क्षति भएको छ । विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
आगलागीबाट ७० देखि ८० लाख रुपियाँ क्षति भएको पसलकी सञ्चालिका मनीषा कुमालले बताउनुभयो । आगलागी हुनासाथ व्यास नगरपालिकाको दमकलले  आगो नियन्त्रणमा लिन सकिएकोले थप क्षति हुनबाट जोगिएको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । 
Author

अमरराज नहर्की