घोराही, कात्तिक ८ गते । दाङको घोराहीमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । घोराही उपमहानगरपालिका–१५ उमेश मार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएका छन् ।
न्यु दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग र स्टार दाजुभाइ उद्योग गरी तीन वटा फर्निचर उद्योगमा आगलागी भएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख एवं प्रहरी निरीक्षक गजेन्द्र शाहीले जानकारी दिनुभएको छ । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार राति करिब १२ बजेतिर लागेको आगो बिहान साढे ४ बजे नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।
तिहारमा लक्ष्मीपूजामा बालिएको बत्तीका कारण आगलागी भएको हुन सक्ने आशङ्का गरिएको छ ।