• १३ साउन २०८१, आइतबार

अटोबाट खसेर एक जनाको मृत्यु

blog

फाइल तस्बिर

शेरबहादुर सार्की
बाजुरा, कात्तिक ४ गते । 
अटोबाट खस्दा बाजुरामा एक जनाको मृत्यु भएको छ । साँफे– मार्तडी सडकअन्तर्गत पर्ने द्वारी खोल्सामा अटोबाट खस्दा बुढीगङ्गा नगरपालिका–२ बजेडीका ४० वर्षीय मोती विकको मृत्यु भएको हो ।

मार्तडीबाट बल्दे आउँदै गरेको सु.प्र.प ०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाइते भएका विकको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नरजन बुढाले चलाइ रहेको अटोबाट खसेर विक घाइते हुनुभएको हो । अहिले चाकल बुढालाई प्रहरीले नियन्त्रणमा लिइए थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटी बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अटोमा सवार भएका अन्य यात्रु र अटो चालक सकुशल रहेका छन् ।’’

साँफे–मार्तडी सडक राजमार्गमा अटो सञ्चालन भएको भण्डै पाँच वर्ष भयो ।  गत २०७८ मा पनि साँफे–मार्तडी सडक राजमार्गमाअन्तर्गत सुवाखाँदमा अटो खस्दा दुई जनाको मृत्यु र तीन जना घाइते भएका थिए ।