• ११ असोज २०८१, शुक्रबार

भित्रिन थाल्यो सयपत्री

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक २ गते । दीपावली अर्थात् तिहार तथा छठ पर्व नजिकिएसँगै झापामा पूर्वी नाका काँकडभिट्टाबाट सयपत्री फूल नेपाल आउन थालेको छ । 

पछि महँगो हुने भएकाले अहिलेदेखि नै भारतबाट फूल ल्याएर सुरक्षित भण्डारण गरेर एक सातापछि फूलको बिक्री सुरु हुने व्यापारीले जनाएका छन् । 

लामो समयदेखि फूलको व्यवसाय गर्दै आउनुभएका मुकेश अग्रवालका अनुसार कोरोना महामारीका कारण विगत दुई वर्षमा फूलको त्यति राम्रो व्यापार नभए पनि यो पटक पनि ठूलो व्यापार हुने सम्भावाना रहेको छ । कोरोनाको समयमा पनि दमक र आसपासमा २५ देखि ३० लाख रुपियाँको फूलको व्यापार भएको व्यापारीले जनाएका छन् ।