• २१ वैशाख २०८१, शुक्रबार

गल्फमा आर्मीका सुवासको अग्रता

blog

गल्फमा सट प्रहार गर्दै सुवास तामाङ । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज २८ गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ खेलको पुरुष एकलमा त्रिभुवन आर्मी क्लबका सुवास तामाङले अग्रता लिनुभएको छ । पार ६९ को पोखराको हिमालयन गल्फ क्लबमा भएको प्रतियोगितामा सुवासले शुक्रबार सुवासले एक अन्डर ६८ खेल्नुभयो ।

दोस्रो स्थानमा रहनु भएका सद्भाव आचार्यको एक ओभर ७० स्कोर छ ।  तेस्रो स्थानमा रहन सफल प्रदेश १ का युवराज भुजेलको ७१ स्कोर छ । महिलातर्फ शीर्षस्थानमा रहनुभएका बागमती प्रदेशकी तारा कार्की चित्रकार र प्रदेश १ की सुष्मा सिग्देलको समान १२ ओभर ८१ स्कोर छ ।

बागमतीकी कश्मिरा शाह १५ अ‍ोभर ८४ स्कोरसहित तेस्रो स्थानमा हुनुहुन्छ । टिम स्पर्धामा बागमती पहिलो र आर्मी दोस्रो स्थानमा छ । गल्फमा पुरुषमा पाँच र महिलामा चार टोलीको सहभागिता रहेको छ ।