• १६ भदौ २०८१, आइतबार

गण्डकीबाट सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता

blog

काठमाडौं, असोज १० गते । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आइतबार अपरान्ह ५ बजेसम्म गण्डकी प्रदेशले सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता गराएको छ ।

राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुदमा सहभागिता जनाउदै छन् ।

नेपाल आर्मीले ६ सय ७३, एपीएफले ५ सय २२, नेपाल प्रहरीले ४ सय ८८ र सुदूरपश्चिम प्रदेशले ४ सय ३६ खेलाडीको नाम दर्ता गराएको प्राविधिक उपसमितिका संयोजक हिमालराज दाहालले जानकारी दिनुभयो । 

यसैगरी प्रतियोगितामा बागमती  प्रदेशले ४ सय ३०, प्रदेश १ ले ३ सय ७१, मधेश प्रदेशले २ सय ६२, कर्णाली प्रदेशले १ सय ९७, एनआरएनएले १ सय ३१ र लुम्बिनी प्रदेशले १ सय २३ खेलाडीको नामवली दर्ता गराएको छ ।