व्यर्थका कुराकानी, तर्क/वितर्क तथा लामो व्याख्या र भाषणबाट कुनै असल परिणति कसैले पनि प्राप्त गर्न सक्दैन। त्यसको आशा गर्नु पनि निरर्थक हुन्छ। बुझ्नैपर्ने महìवपूर्ण कुरा के हो भने जबसम्म कुनै विषय, तर्क वितर्क र सिद्धान्तप्रति मिहिन रूपले चासो दिँदैनौँ तबसम्म कुनै व्याख्या, तर्क÷वितर्क तथा कुराकानी मात्रले कसैलाई कहीँ पु¥याउँदैन। कुनै विषयलाई मिहिन ढङ्गले राम्ररी बुझ्नका लागि त्यस विषयमा धेरै पटक चिन्तन, मनन र निदिध्यासन गर्नुपर्ने हुन्छ। केही जानिने होइन किन सुन्नु ? किन चिन्तन गर्नु ? भनेर कुनै खास विषयमा चासो नदिने हो भने चाहिँ जान्ने अवसर कहिल्यै आउँदैन भने हुन्छ। रुचिकर विषयवस्तु छ, जीवन र जगत्लाई बुझ्न काम लाग्ने छ, मानवताका लागि प्रेरणादायी हुन सक्ने सम्भावना बोकेको छ भन्ने लाग्छ भने ती विषयलाई बेवास्ता गर्दै जाने हो भने फेरि कहिले नयाँ विषय जान्ने÷बुझ्ने ? यसलाई पनि सोच्नै पर्ने हुन्छ। किन भने अवसर बारम्बार दोहोरिँदैन, बितिसकेको समय फेरि फर्केर आउँदैन!
मानवीय स्वभाव भनौँ कि अधिकांश मानिसको प्रवृत्ति धेरैजसो तर्क/वितर्क, चिन्तन/विचार केवल मनोरञ्जन या समय कटाउन मात्र जस्तो हुने गरेको छ भन्दा फरक पर्दैन। यस्तै हो भने समय कटाउनुको कुनै अर्थ रहँदैन। त्यसले त मात्र अमूल्य समय बित्छ। समय मात्र बिताउनु जीवनको लक्ष्य हुनु हुँदैन। यो कुनै मनुष्यको जीवन दर्शन पनि हुन सक्तैन। कुनै विषय वस्तु या कुनै चिन्तन या तर्क÷वितर्कलाई सुन्नुको मतलव त्यसबाट जीवनमा नयाँ आलोकको उदय र जीवनमा तरक्की हुनुपर्ने हो! आज जो जहाँ छ, ऊ सधैँ त्यही रहने हो भने जीवनलाई अहिलेको भन्दा फरक ढङ्गले उठाउने भन्ने विषय नै ओझेलमा पर्न सक्छ। दिशा परिवर्तन गरियो भने जरुर पनि दशामा परिवर्तन आउनैपर्छ।
अहिले भएको ठाउँबाट माथि उठ्न सकिएन भने कुनै ज्ञान, दर्शन, सिद्धान्त, तर्क÷वितर्कलाई जान्नुको कुनै अर्थ छैन भनिदिए हुन्छ। हामीमा परिवर्तन आवश्यक छ। कुनै सङ्कल्पना या सिद्धान्तको अनुसरण नभई स्वतःस्फूर्त नवीनताको चाह जो कोहीमा पल्लवित र पुष्पित हुन सके त्यसले जीवनमा दूरगामी प्रभाव पार्ने हुन्छ। कैयौँका लागि यो जीवनको ‘निर्णायक घडी’ या टर्निङ प्वाइन्ट नै बन्न पुग्छ।
कुनै कामको सुरुवात गरिँदा कुनै विचार या धारणा पहिल्यैदेखि प्रचलनमा रहेको जस्तो भयो भने कर्ममा कमजोरी आउन सक्ने सम्भावना अधिक हुन्छ। किनभने पहिले र अहिलेको कर्मबीचको तुलना त्यहाँ हुन सुरु भइहाल्छ। कर्म र विचार या धारणाको बीच कुनै प्रकारको सामीप्य भयो भने हुन सक्छ त्यसले कुनै प्रकारको स्थगन या ढिलाइको अल्झो ल्याइदिन सक्छ। या भनौँ त्यस विचार÷धारणाप्रति या त प्रतिरोध हुन्छ या सुनिश्चितता या कुनै विचार या धारणाको नक्कल÷अनुकरण, जसको कारण सफल कार्यान्वयनमा भगीरथ प्रयत्न गर्नुपर्ने स्थिति अरू जटिल बन्न सक्छ! यद्यपि धेरैजसो मानिसको स्वभाव सजिलो काममा रमाउने हुन्छ।
बुझ्नैपर्ने कुरा के हो भने हामी केवल बाहिरी रूपमा मात्र परिवर्तन हुने होइन बरु भित्रैदेखि मन, वचन एवं कर्मले नै असलमा रूपान्तरित हुन सक्नुपर्छ। त्यसका लागि शारीरिक, मानसिक, प्राज्ञिक र आध्यात्मिक रूपमा समूल परिवर्तनको आवश्यकता छ, केवल सफलताका लागि मात्र नभई असलका लागि, सर्वोत्कृष्टताका लागि रूपान्तरित हुन सकियो भने जीवनमा त्यसले ठूलो अर्थ राख्छ। सफल त जो पनि हुन सक्छ केही समयको अभ्यास र परिश्रमले। सफलता मात्र साधना हो, साध्य त असल बन्नु, सर्वोत्कृष्ट बन्नु, प्रेरणादायी व्यक्तित्व बन्नु, कुनै आदर्शको स्थापना गर्नु, मानवताको प्रवद्र्धनका लागि केही योगदान दिन सके स्वयं व्यक्ति, समाज, राष्ट्र र विश्वकै लागि गर्वको विषय हुन पुग्छ।
अपवादलाई छोडेर एकमुष्टमा भन्ने हो भने अधिकांश मानिसको न कुनै उद्देश्य हुन्छ, न कुनै पूर्वनिर्धारित कार्यक्रम, न विचार न धारणा ? जसको कारण सधैँ जहाँ छौँ, त्यही अलमलिएर बसिरहेका हुन्छौँ। हामीमा स्वयंमेव भोक नजागी परिवर्तनको ढोका खुल्दै खुल्दैन। कहिलेकाहीँ परिवर्तनको विचार मनमा आइहाले पनि सामुन्नेमा अनेक द्वन्द्व र प्रतिरोधका अनगिन्ती जञ्जाल बाधक बनेर आइदिन्छन्। फलतः त्यतिञ्जेलको चिन्तन, नवनिर्मित धारणा र सोचमा भएको ऊर्जा पनि समाप्त भइदिन्छ। फेरि शून्यदेखि माथि उठ्न अनेकौँ आरोह÷अवरोहको सामना गर्नुपर्ने परिस्थिति हरेकले जीवनका अनेक कालखण्डमा अनुभव गरेकै हुनुपर्छ।
एउटा असल समाज निर्माणका लागि सबै भन्दा पहिले राष्ट्रको एक एकाइको रूपमा रहेको हरेक नागरिकको सोचमा गाम्भीर्यता, सकारात्मकता, कामकाजमा इमानदारी, चरित्रमा सदाचारी, व्यवहारमा सत्यनिष्ठता भएमा नै व्यक्ति, परिवार, समाज र राष्ट्रिय जीवनमा आमूल परिवर्तन ल्याउन सम्भव छ। जीवनको यो आमूल परिवर्तनका लागि चाहिने ऊर्जा, संवेग र जीवनशक्तिको खोजतलास चाहिँ स्वयंमा खोज्नु जरुरी छ। हृदयदेखिकै पर्याप्त ऊर्जाबिना यो सम्भव छैन।
हो, आफैँमा परिवर्तन ल्याउनका लागि पर्याप्त ऊर्जाको जरुरी पर्दछ। हामीमा कहाँनिर कमजोरी छ भने भएको ऊर्जालाई नचाहिने कामहरू– द्वन्द्व, ईष्र्या, प्रतिरोध, अनुकरण, स्वीकारीकरण र परिपालनमा यसै खेर फ्यालिरहेका हुन्छौँ। कुनै गलत धारमा शक्तिको क्षय गर्नु भनेको अहिलेसम्मको जे जति कमाइ भएको सम्झिएको थियो, त्यसको निस्सारता या स्खलन!
आफ्नो ऊर्जालाई अक्षुण्ण बनाइराख्न आफैँप्रति सदैव सजग र सचेत हुनु जरुरी छ। यो मानिसमा युगौँ युगदेखि नै जकडिएको समस्या मानिन्छ। प्रायःजसो मानिस सजिलो र सहजताको मार्गमा जान रुचाउँछ। अर्थात् भनौँ ‘कम्फोर्ट जोन’ मा आफ्नो भाग्यलाई अजमाउन चाहन्छ। कम्फोर्ट जोनमा बसेर आजसम्म संसारमा महान् सम्झिएका कसैले पनि कुनै उपलब्धि हासिल गर्न सकेका छैनन्। यसले त मानिसलाई अकर्मण्य बनाउँछ, सुखी भए भन्दाभन्दै दुःखी र भोगी बनाउँछ। यस्तो बानीमा हुर्केको मानिस जेजस्तो कुरा छ, त्यसलाई स्वीकार गर्न, अनुपालन गर्न र अनुसरण गर्नमा नै आफू र अरूलाई प्राथमिकता दिन्छ। हामीले यो अकर्मण्यतालाई अरू गहिराइमा जान दियौँ भने आफैँबीच द्वन्द्व÷प्रतिद्वन्द्वको अवस्था आउन सक्ने भएकोले त्यसो हुन नदिन सदैव सतर्कता साथ आफूले गर्ने गरेको कर्मप्रति स्वयंले निगरानी राख्नुपर्छ। के यो मेरा लागि जरुरी हो ? समाजलाई यसले कस्तो लाभ/ हानि पु¥याउँछ ? राष्ट्रका लागि के यो श्रेयस्कर छ ? मानवताका लागि के यसले कुनै योगदान पु¥याउँछ ? भन्ने विषयमा मिहीन ढङ्गले सोच्नैपर्ने हुन्छ।
हामीमा अनेक किसिमका समस्या छन्, तीनमध्ये एउटा बिर्सनै नहुने समस्या हो आफूमा निहित ऊर्जा र आत्मसंयमलाई कसरी जीवन्त तुल्याइराख्ने ? ऊर्जाको संरक्षण चेतनामा आमूल परिवर्तन ल्याउन पनि जरुरी छ। चेतनाको प्रस्फुटन ऊर्जाको अभावमा हुनै सक्तैन। यसका लागि आफूसँग भएका सम्पूर्ण ऊर्जाशक्तिलाई एकत्रित नगरी वर्षांै वर्षदेखि मनको कुनै कुनामा जमेर रहेको खियारूपी गलत विचार, धारणा र सोचलाई जबसम्म फालिन्न तबसम्म मानवीय चिन्तनको त्यो विशाल र व्यापक उच्चतामा पुग्न सकिँदै सकिँदैन। जहिले पनि मानिसले बुझ्नु पर्ने कुरा के हो भने सङ्कीर्ण सोच, चिन्तन र त्यस्तै किसिमको साँघुरो घेरामा रहेको नीतिनिर्माण र त्यहीअनुसार हुने कार्यान्वयनले देखिने गरी कुनै पनि प्रकारको तरक्की न ज्ञानको क्षेत्रमा न विज्ञानको क्षेत्रमा नै हुन्छ! त्यो त्यसरी सहजै हुन सक्ने विषय पनि होइन।
यो कुरालाई हाम्रै समाजमा हुने गरेका र विश्वका विभिन्न मुलुकमा भए÷गरेका विकास र तरक्कीबाट अनुभव र महसुस गरिराखेको हुनुपर्छ। हामीमा एक प्रकारको स्वच्छ र स्वस्थ मनको निर्माणका साथै जीवनलाई हेर्ने दृष्टिकोणमा पनि त्यहीअनुसार दूरदर्शी विचार एवं व्यापक, विस्तृत र उदार दृष्टिकोण नभई कुनै पनि परिवर्तन चाहे व्यक्तिमा होस्, चाहे परिवार, चाहे समाज, चाहे राष्ट्र एवं विश्वमै पनि त्यसले कुनै नवीनता र मानवीय उच्चता हासिल गर्न सक्तैन, त्यो सम्भव हुँदैन।
समाज, राष्ट्र र विश्वमा साँच्चैको महान् योगदान दिन चाहने वा सर्वोत्कृष्ट जीवन जिउन चाहने व्यक्ति सङ्कीर्णताको साँघुरो घेरामा, कुनै राजनीतिक वाद, धार्मिक मत÷मतान्तर र सम्प्रदायमा नभई मानवताको हित, कल्याण तदनन्तर अन्ततः प्राणी मात्रकै कसरी भलाइ भई विश्ब्राह्माण्डको रक्षा र साँच्चैको हित हुन्छ, त्यसमा आफ्नो सम्पूर्ण जीवन न्यौछावर गर्न सकेमा नै अरूका लागि प्रेरक व्यक्ति बनिरहेको हुन्छ। त्यस्ता व्यक्ति यहाँ छैन विदेशमा मात्र छन्, गरिबीमा होइन सम्पन्नतामा मात्र हुन्छन् भन्ने छैन। जहाँ पनि हुन्छन्, मात्र खोज्न जान्नुपर्छ। अलि धेरै मेहनत गर्नुपर्छ त्यति मात्र हो।
समाजलाई बस्नलायक, सुन्दर र मनमोहक बनाउने हो भने आफूतिर इङ्गित गरेर सबै गल्ती, कमीकमजोरी तथा भए÷गरेका गलत प्रवृत्ति सहर्ष स्वीकारी अब आइन्दा त्यस्तो हुन नदिन दृढ सङ्कल्प गर्नुपर्छ। यसैले परिवारमा, समाजमा, राष्ट्रमा, विश्वमा परिवर्तन चाहने हो भने त्यसको सुरुआत् आफैँबाट प्रारम्भ गर्नुपर्छ। आफू अनुशासनमा रहेर अरूलाई अनुशासनको पाठ पढाइयो भने बल्ल अरूलाई भन्न सक्ने, बोल्न सक्ने, लेख्न सक्ने आधिकारिकता आउँछ । त्यसले धेरैको जीवनमा रूपान्तरणको सम्भावनायुक्त ढोका उघार्न मदत गर्छ यो विचारणीय अमरसूत्र हो ।