• २९ वैशाख २०८२, सोमबार

बुद्धको आदर्शले राष्ट्रिय एकता सुदृढ पार्छ : प्रमुख मियाँ

blog

बुद्ध जयन्तीको अवसरमा धनगढीमा आयोजित कार्यक्रम । तस्बिरः निराजन परियार

निराजन परियार

चौमाला (कैलाली), बैशाख २९ गते । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले  अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न सके नेपाली एकता सुदृढ हुने बताउनुभएको छ । 

२५६९ औं बुद्ध जयन्तीको अवसरमा धनगढी उपमहानगरपालिका –१ स्थित बुद्ध विहारमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख मियाँले गौतम बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देश आजको समाजमा झनै सान्दर्भिक भएको उल्लेख गर्नुभयो । बुद्धको विचारले समाजमा व्याप्त हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्न सक्छ, उहाँले भन्नुभयो ।  

बुद्धजयन्ती समारोह समिति धर्मोदय सभा शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रदेश प्रमुखले सहिष्णुता, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकताको संरक्षणका लागि बुद्धको शिक्षाले मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा बुद्ध धर्मका अनुयायीहरू, बुद्धिजीवी, स्थानीय अगुवाहरू तथा समाजसेवीहरूको उपस्थिति थियो । 

कार्यक्रममा बुद्धको जन्म, सम्बोधन र महापरिनिर्वाणको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।