• १३ साउन २०८१, आइतबार

सातदेखि ६० रुपियँसम्म छुट

सुपथ मूल्य पसलमा सामान्य चहलपहल (फोटो फिचर)

blog

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीबाट चामल किनेर लोड गर्दै उपभोक्ता । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज ५ गते । असोज १ गतेदेखि सुरु भएका सुपथ  मूल्य पसलमा सामान्य चहलपहल सुरु भएको छ। यस्ता पसरमा बजारमा भन्दा सात रुपियाँदेखि ६० रुपियाँसम्म छुट पाइने भएको छ।दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको हो। लिमिटेडका सूचना अधिकारी सर्मिला सुवेदीका अनुसार दाल, चामल तेलमा प्रतिकेजी/प्रतिक्विन्टल सात रुपियाँ छुटको व्यवस्था गरिएको छ । घिउमा प्रतिकेजी ६० रुपियाँ छुटको व्यवस्था गरिएको छ। 

यस्तै जुम्लाको सिमी तथा गेडागुडीमा प्रतिकेजी १० रुपियाँसम्म छुटको व्यवस्था छ। जिउँदो खसीबोका तथा च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँसम्म छुटको व्यवस्था छ। 

देशभर ४१ जिल्लाका ४५ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन भएका छन्। काठमाडौं उपत्यकामा भने चार ठाउँबाट सुपथ मूल्य पसल सञ्चालन भइरहेको छ। उपत्यकामा रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरबाट सुपथ मूल्य पसल सञ्चालन भइरहेको हो।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा पुगेर गोरखापत्र अनलाइनका लागि केशब गुरुङले कैद गर्नुभएका तस्बिर :