शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असोज ३ गते । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज देशभर हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र मधेस प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।