• १२ असार २०८१, बुधबार

शैक्षिक सत्र सुरु भएको चार महिना पुग्दा पनि पाठ्यपुस्तक अभाव

blog

विष्णु पाण्डेय

काठमाडौं, भदौ २९ गते । शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा पनि सबै विद्यार्थीको हात हातमा अझैँ पाठ्यपुस्तक पुग्न सकेको छैन ।

पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक छापिरहे पनि दैनिक रुपमा माग आइरहेकाले सबै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुग्न नसकेको देखिएको छ ।

लिमिटेडले भदौको १५ गतेसम्म देशभरका सबै विद्यार्थीले पाठ्यपुस्तक पाउने गरी पुस्तक छापिएको जनाए पनि बैतडी र धनकुटाका विद्यार्थी भने पाठ्यपुस्तक विना नै पढ्न बाध्य छन् । जनक शिक्षा सामग्री केन्द्रका अनुसार अझै पुस्तकको माग आउने क्रम रोकिएको छैन ।

केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार पाठ्यपुस्तकको माग पनि आइरहेकाले अझै पुस्तक छाप्ने काम नसकिएको बताउनुभयो । पाठ्यपुस्तक अपुग भयो भनेर माग आएको तीन दिनमै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पुर्याइएको बताउनुभयो ।

आचार्यले भन्नुभयो, ‘पाठ्यपुस्तक अभाव भयो भनेर अहिले पनि आउने क्रम जारी छ । माग भएको पाठ्यपुस्तक तीन दिनभित्र नै छापेर पठाइएको छ । हाल दैनिक २०–२५ थान पाठ्यपुस्तकको माग आएको छ।’

केही दिन अघिमात्र केन्द्रले माग भए अनुसारका पाठ्यपुस्तक सुर्खेत, धनगढी, नेपालगञ्ज र पोखरा पठाएको आचार्यले बताउनुभयो ।

हाल नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन तथा जीवनाेपयाेगी शिक्षा विषयको माग बढी छ । यी विषय अनिवार्य विषयकाे रूपमा राखिएकाे छ । अन्य विषयको भने माग नरहेको उहाँको भनाइ छ । सरकारी विद्यालयमा पठनपाठन हुने पुस्तकहरु निजी विद्यालयहरुले पनि प्रयोग गरिरहेकाले पाठ्यपुस्तकको माग नघटेको उहाँको दाबी छ ।

‘अहिले सरकारी विद्यालयमा पढाइ हुने पाठ्यपुस्तकहरु निजी विद्यालयहरुले पनि प्रयोग गरिरहँदा माग आइरहेको छ’ उहाँले भन्नुभयो, ‘सामाजिक पुस्तक निजीले पनि नेपाली माध्यममा पढाउने भएकाले यसको माग धेरै आउने गरेको छ । त्यसपछि अङ्ग्रेजी र नेपाली पुस्तकको माग छ ।’

स्थानीय तहको चुनाव भएकाले पनि शैक्षिक सत्रको सुरुमै पर्याप्त मात्रामा पुस्तक छाप्न नसकिएकाले अझै माग आउने गरेको उहाँले स्वीकार्नुभयो ।उहाँले भन्नुभयो, ‘कागजपत्रको पनि अभाव भएकाले पाठ्यपुस्तकको छपाइमा सुरुमै समस्या भएको थियो । त्यसकारण अहिले पनि माग आएको बुझाइ छ ।’

जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि पुस्तक समयमै पुर्याउनको लागि कागजपत्र खरिदका लागि नयाँ टेण्डर गरिसकेको जनाएको छ । यस्तै, मानव स्रोत विकास केन्द्रमा भने पाठ्यपुस्तकको अभाव भनेर गुनासो आउने गरेको छैन ।

केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीका अनुसार असारसम्म पाठ्यपुस्तक नपुगेको भनेर केही जिल्लाबाट गुनासो आउने गरेको भए पनि त्यसपछि भने नआएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘जेठ र असारमा केही जिल्लाबाट पाठ्यपुस्तक अभाव भयो भनेर गुनासो आएको थियो । तर त्यसपछि भने गुनासो आएको छैन । पाठ्यपुस्तक पुगे नपुगेको अनुगमन गर्दै आएको मानव स्रोत विकास केन्द्रले नै पाठ्यपुस्तक विद्यार्थीले नपाएको चाल पाएको छैन ।’ सूचना अधिकारी जोशीका अनुसार पाठ्यपुस्तकको अभाव भनिए पनि केही वैकल्पिक विषयहरुको मात्र अभाव भएको हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पाठ्यपुस्तकको अभाव भनेर चर्चा गरिए पनि केही वैकल्पिक विषयको मात्र अपुग हुनसक्छ ।’ तर, धेरै मात्रामा पुस्तकहरु भने पुगेका छन् । अपुग वैकल्पिक पाठ्यपुस्तक छपाइका लागि भने सम्बन्धित निकायसँग समन्वय गरेर पुस्तक छापिने उहाँको भनाइ छ ।

गरेको भए पनि त्यसपछि भने नआएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, जेठ र असारमा केही जिल्लाबाट पाठ्यपुस्तक अभाव भयो भनेर गुनासो आएको थियो । तर त्यसपछि भने गुनासो आएको छैन । पाठ्यपुस्तक पुगे नपुगेको अनुगमन गर्दै आएको मानव स्रोत विकास केन्द्रले नै पाठ्यपुस्तक विद्यार्थीले नपाएको चाल पाएको छैन ।

सूचना अधिकारी जोशीका अनुसार पाठ्यपुस्तकको अभाव भनिए पनि केही वैकल्पिक विषयहरुको मात्र अभाव भएको हुनसक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, पाठ्यपुस्तकको अभाव भनेर चर्चा गरिए पनि केही वैकल्पिक विषयको मात्र अपुग हुनसक्छ । तर धेरै मात्रामा पुस्तकहरु भने पुगेका छन् । अपुग वैकल्पिक पाठ्यपुस्तक छपाइका लागि भने सम्बन्धित निकायसँग समन्वय गरेर पुस्तक छापिने उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।