• १३ साउन २०८१, आइतबार

धनगढीमा भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनी

blog

कार्टुन अवलोकन गर्नुहुँदै उपसभामुख निर्मला जोशी बडाल। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, भदौ २४ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबारदेखि भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनी सुरु भएको छ। 

कार्टुननिष्ट क्लब अफ नेपालको आयोजनामा धनगढीस्थित कैलाली जनपुस्तकालयको सभा हलमा कार्टुन प्रदर्शनी सुरु गरिएको हो। प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले उद्घाटन गर्नुभयो। 

निसाना शीर्षक दिइएको सो प्रदर्शनीमा साँझ २६ जना कार्टुनिष्टका ५० वटा कार्टुन राखिएका छन्। भ्रष्टाचारमाथि व्यङ्ग्य गरिएका कार्टुनको प्रदर्शनी शनिबारसमेत गरेर दुई दिनसम्म हुने आयोजकले जानकारी दिएको छ। 

प्रदर्शनी उद्घाटन समारोहमा क्लबका पूर्व अध्यक्ष राजेश केसी, पत्रकार चित्राङ थापा, उप्राध्यापक हरिकृष्ण कडायत, मूर्तिकार मिठु थारु, साहित्यकार टोपेन्द्र शाह, जनक रसिक लगायतको उपस्थिति रहेको थियो। 

कार्टुन प्रदर्शनी दुई दिनसम्म हुने कार्टुन क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले जानकारी दिनुभयो।