• १३ साउन २०८१, आइतबार

गाउँ ब्लकको जग्गालाई लालपुर्जा

blog

नेपालगञ्ज समाचारदाता 

नेपालगञ्ज, भदौ २४ गते । बाँकेको कोहलपुर नगरपालिका –४ स्थित गोहवा र बेलनपुरमा गाउँ ब्लकका १०१ जनालाई लालपुर्जा वितरण गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र वडाध्यक्ष मुबारक अलि गुजरले संयुक्त रूपमा पुर्जा वितरण गर्नुभयो । 

नगरप्रमुख आचार्यले कोहलपुरमा जग्गा वितरणको काम सुरु भइसकेको र केही महिनामा सबै वडामा लालपुर्जा वितरण हुने बताउनुभयो । “अहिले जग्गा नाप्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “अबको केही महिनापछि सबै वडामा पुर्जा वितरण हुन्छ ।” उपप्रमुख सुवेदीले कोहलपुरका –३ वडामा गाउँ ब्लकका जग्गाधनीलाई लालपुर्जा वितरण गरिसकेको बताउनुभयो । नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदीले गाउँ ब्लकमा उपभोग गरी बसिरहेकालाई छानबिन गरी लालपुर्जा उपलब्ध गराइएको बताउनुभयो ।