• १४ असार २०८१, शुक्रबार

घनेन्द्रलाई ‘गजल सारथि’ सम्मान

blog

काठमाडौं, भदौ १८ गते। साहित्यकार घनेन्द्र ओझालाई ‘गजल सारथि’ सम्मान प्रदान गरिएको छ। सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार ओझालाई उक्त सम्मान प्रदान गरेको हो।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले दोसल्ला र सम्मानपत्रले ओझालाई सम्मान गर्नुभएको हो। ओझा विगत दुई दशकदेखि नेपाली गजलको लेखन, विकास, विस्तार र परिष्कार अभियानमा सक्रिय हुनुहुन्छ। 

परिषद्का कोषाध्यक्ष विवश पौडेलले घनेन्द्र ओझाको नेपाली गजल क्षेत्रमा योगदानको चर्चा गर्नुभयो। ओझाका हालसम्म विभिन्न विधा र सिद्दान्त–समालोचनाका कृति प्रकाशन भएका छन्।  ओझाको भर्खरै शास्त्रीय बहरमा मात्र लेखिएका गजलको एल्बम ‘शुभेच्छा’ बजारमा आएको छ। सन्तोष श्रेष्ठको सङ्गीत रहेको उक्त एल्बममा ज्ञानु राणा, आनन्द कार्की, शिव परियार, सन्तोष श्रेष्ठ, निशा देशार र अस्मिता अधिकारी गरी नेपाली गायनका चार पुस्ता समेटिएको छ।