• १३ साउन २०८१, आइतबार

भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु, १४ घाइते

blog

सिराज खान
नेपालगञ्ज, भदौ १८ गते ।
भारतको उत्तर प्रदेश बाराबंकीमा बस दुर्घटनामा हुँदा चार नेपालीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छ । भारतको रुपैडियाबाट गोवाका लागि छुटेको युपि ३२ पिटी ३९४४ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो ।

भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबंकी नजिकै पञ्चड भएपछि पञ्चड टायर चेन्ज गर्दै गर्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा बाँके राप्तीसोनारी बिनौनाका प्रेम थारु, शीतल थारु र दाङ बेलतापुरका चक्रबहादुर वली रहेका छन् । साथै एकजना मृतकको सनाखत हुन सकेको छैन ।

सो घटनामा परेर बाँके बैजापुरका ५० वर्षीय रावत, ४० वर्षीय अमरबहादुर, बारबर्दियाका ३५ वर्षीया रिताकुमारी थारु, दाङका २८ वर्षीय कृष्ण, रुकुमका ४० वर्षीय कालीबहादुर र तनहुका ४० वर्षीय हरिशरणको अवस्था गम्भीर भएका छन् । उनीहरुको ट्रमा सेन्टर लखनउमा उपचारको लागि पठाइएको भारतीय प्रहरीले जनाएको छ ।

त्यस्तै, सल्यान घुईयाबारीका २९ वर्षीय बहादुर राना, पद्मा राना, बाँके बिनौनाका १७ वर्षीय मनोज, मनमती कौर, १९ वर्षीय सुनील थारु, १६ वर्षीय विजय थारु, १८ वर्षीय हरी योगी र सन्तोष रहेका छन् । उनीहरुको जिल्ला अस्पताल बाराबंकीमा उपचार भइ रहेको जनाइएको छ ।