• १३ साउन २०८१, आइतबार

नुहाउने क्रममा करेन्ट लागेर मृत्यु

blog

नारद कोहार

तौलिहवा (कपिलवस्तु), साउन १३ गते । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका –५ सिवलवा बस्ने ५६ वर्षीय गम्तरा अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार  आफ्नै घरको कलमा जोडेको विद्युतीय मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको बताउनुभयो । 

करेन्ट लागेर बेहोस भएकी यादवको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।