• १३ साउन २०८१, आइतबार

छ महिनासम्म पनि बन्दैन राहदानी

blog

बोदेबर्साइन समाचारदाता 

बोदेबर्साइन, भदौ १७ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीमा राहदानी बनाउन वा नवीकरण गराउन छ महिना लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। 

राहदानीको लागि जिल्ला प्रशासन कार्यालयको परिसरभित्र हप्ताको चार दिन लाइनमै भेटिने राजविराज–६ का अभिषेक गुप्ताले भन्नुभयो, “मैले आवश्यक कागजातसहितको फाइल जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा पेस गरेको छ महिनाभन्दा बढी भइसक्यो। हप्तैपिच्छे खोजी गर्दा तपाईंको आएको छैन भन्छन्।”

हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट पासपोर्ट बनाउन आउनुभएका अनिलकुमार ठाकुर भन्नुहुन्छ, “पासपोर्टको लागि भनेर आफूले छ महिनामा तीनवटा फर्म भरिसकेँ। रोजगारीबाट बिदा लिएर जिल्ला प्रशासन धाएको छुँ तर यहाँ आउँदा फाँटका कर्मचारीले हरेक महिना नयाँ फर्म मात्रै भर्न लगाउँछन्।” 

“नपुग कागज भनेर फाइल पेस गरेको तीन दिनभित्र कार्यालयले जानकारी गराउनुपर्ने नियम छ। यहाँ त कागज नपुग भए पो,” यहाँ फाँटका कर्मचारी नै समयमा आउँदैनन्, आफ्नो जिम्मेवारीका कामै गर्दैनन्,” तिरहुतका सुरेशकुमार मुखियाले बताउनुभयो।