• १३ साउन २०८१, आइतबार

तीन तलाबाट खसेर बालकको मृत्यु

blog

विजयकुमार साह

ढल्केवर, भदौ १३ गते । धनुषाको ढल्केवरमा तीन तलाबाट खसेर एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार सोमबार साँझ ६ बजे मिथिला नगरपालिका –६, का रामकुमार सिंहको एक वर्षीय छोरा आरभकुमार सिंहको आफ्नै तीन तला घरबाट खसेर मृत्यु भएको हो । 

खेल्दा खेल्दै घरको रेलिङ्गबाट बाहिर निस्केको बताइएको छ । तीन तलाबाट खसेर घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताउनुभयो । 

मृतक बालकलाई शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको उहाँले जानकारी दिनुभयो । मृतक बालका मिथिला नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण महतोको नाति हुन् । उहाँको घरमा अहिले रुवाबासी चलेको छ ।