• ११ असोज २०८१, शुक्रबार

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

blog

सम्मानित माओवादी केन्द्रका तर्फबाट जनप्रतिनिधिहरु । तस्बिर - चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १३ गते । ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्र ताप्लेजुङले सम्मान गरेको हो ।

माओवादीतर्फबाट उम्मेदवार भई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, जिल्ला समन्वय समिति सदस्य, कार्यपालिका सदस्य, वडा सदस्य सहितका जनप्रतिनिधिलाई सम्मान गरिएको हो । सदरमुकाम फुङ्लिङमा सोमबार आयोजित कार्यक्रमकाबीच निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्नुका साथै कदर पत्रद्वारा सम्मान गरिएको हो ।  

जनप्रतिनिधिहरुलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य पर्शु काकी, प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्बाङलगायतले सम्मान गर्नुभएको थियो । नौ स्थानीय तह रहेको जिल्लामा माओवादीका तर्फबाट दुई पालिकामा अध्यक्ष, तीन उपाध्यक्ष, १० वडाध्यक्षसहित ५४ जना निर्वाचित हुनुभएको छ ।