संसारमा घटेका दुर्लभ घटनामध्ये दरबारको सुखसयलमा बसेका राजकुमारले एउटा हिंस्रक जङ्गली प्राणी बाघलाई अभयदान दिएको बिरलै होला । पाञ्चाल (पनौती) नगरी (देश) का राजा महारथका कान्छा छोरा राजकुमार महासìव एकजना यसको पात्र बनेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले दुई राजकुमार सिद्धार्थ गौतम र महासìवको जीवनी बुझेरै आफ्ना भाव पोखेका होलान्–
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरूलाई दिनु जहाँ छ ?
जातक कथाअनुसार परापूर्वकालमा (करिब छ हजार वर्ष पहिले, त्रेतायुग ?) राजा महारथले करिब पाँच हजार जनसङ्ख्या भएको हालको काठमाडौँको पूर्वतर्फ रहेको पाञ्चाल (हालको पनौती) मा राजधानी बनाएर राज्य गरेका थिए । कार्तिक शुक्लपक्षका दिन हिरण्यगिरी गन्धमादन पर्वत (हाल कुसुमे सामुदायिक वन) मा राजा, रानी र तीन राजकुमार महादेव, महाप्रसाद र महासìव साथमा दरबारका सिकारी दलसहित सिकार खेल्न निस्केका थिए । एक दिन बिहानै तीन राजकुमार सिकार खेल्न छुट्टै निस्किए । सिकार खेली साँझपख शाही शिविरतर्फ फर्कंदै गर्दा तिनीहरूले उक्त घनाजङ्गलको सिरानीमा एउटा रुखको फेदीमा दुब्लो, पातलो भोकले कमजोर एउटा बघिनी र भर्खर जन्मिएका पाँच वटा डमरु जीवन मरणको दोसाँधमा रहेका देखे । ती राजकुमार कमजोर बघिनी र उनका डमरुलाई सिकार नगर्ने भन्दै चुपचाप शिविर (निवास) तर्फ लागे तर तीमध्ये कान्छा राजकुमार महासìवको मनमा ती निरीह प्राणीप्रति करुणा जागेर आयो तर उनले आफ्नो मनको भावना दाजुसामु प्रकट गर्न सकेनन् । ती कान्छा राजकुमार शौच गर्ने बहानामा बाघको गुफातिर फर्के भने दुई दाजु शिविरतिर लागे । राजकुमार महासìव हतियार एकातिर राखी, कपडा फुकालेर बघिनीको अगाडि लम्पसार परिदिए । बघिनी कमजोर भएर हो वा डरले राजकुमारलाई छोएनन् । भोकले अति कमजोर भई बसेका सुत्केरी बघिनी र भर्खर जन्मेका उनका पाँच वटा डमरुलाई महासìवले आफूसँग भएको हतियारले आफ्नो भौतिक शरीर काटेर रगत र मासु ख्वाउँदै भोका प्राणीको प्राण भर्न आफ्नो जीवन ‘अभयदान’ गरी सहज उत्सर्ग हुँदै बोधिसìव प्राप्त गर्नुभयो ।
वि.सं. २००७ को प्रजातन्त्रले अन्तर्राष्ट्रिय क्षेत्रलाई नेपालको ढोका खुलेपछि विश्वका विभिन्न भाग खास गरेर भारतबाहेक दक्षिण एसियाका मुलुक मलेसिया, जापान, कम्बोडिया आदि देशबाट तीर्थयात्रीको आगमन सुरु भयो ।
राजपरिवार बेचैनीपूर्वक रातभर शिविरमा राजकुमार महासìवको पुनरागमनको प्रतीक्षामा बसे । राजकुमार महासìव फर्केनन् । भोलिपल्ट बिहानै राजपरिवारका सदस्य दलबलका साथ राजकुमारको खोजीमा चौतफी निस्के । एउटा टोलीले घना जङ्गलको बीचमा रगतको टाटा तथा आलो मनुष्यका हड्डीहरू फेला पारे । यस बारेमा राजालाई खबर भयो । राजासहित सबैजना रगत तथा हाड फेला परेको ठाउँमा जम्मा भए । रुखको फेदीमा रहेको कपडा, हतियार र गहना आदिले उनको मृत्यु पहिचानमा गाह्रो भएन । राजकुमार महासìवका दाजुलगायतका दरबारिया टोलीले भोकाएको बघिनीले राजकुमारलाई खाएको निष्कर्ष निकाले भने दरबारिया ज्योतिषले राजकुमार साधारण व्यक्ति नभएको र उनले ‘कसैको जीवनरक्षा’ का लागि स्वयंले अभयदान दिएको र राजकुमारले बोधिसìव प्राप्त गरेको निष्कर्ष निकाले ।
दरबारिया पुरोहित र ज्योतिषीको सल्लाहअनुसार राजकुमारका बचेका अवशेष, कपडा, हतियार र गहना महारानी सत्यवती बसेको शिविरमा नै ल्याइयो । दरबारबाट पनि राजकुमारका गरगहना, हतियार र अन्य अन्त्येष्टिका सामान झिकाइए । शिविर रहेको स्थान नजिक विधि विधानपूर्वक खाल्डो खनी राजकुमारका बचेका अवशेषका साथमा उनका हतियार गरगहना, कपडा आदि राखेर बन्द गरी ढिस्को बनाएर विधिवत् अन्त्येष्टि गरियो । राजकुमारको अन्त्येष्टिपश्चात् दरबार फर्कन तयार गरियो तर रानी फर्कन चाहिनन् । रानी नफर्कने भएपछि, दुवै राजकुमार महादेव र महाप्रसाद आमासँग बस्ने भए । केही भारदारलाई रानी तथा राजकुमारहरूको हेरचाहको आदेश दिएर राजा अन्य भारदारसहित दरबार फर्किए । रानी तथा राजकुमार केही महिना उक्त अन्त्येष्टि गरेको स्थानमा बसेर दरबार फर्किए ।
कान्छा छोराको मृत्युपश्चात् विह्वल भएका रानी दरबारमा बस्न सकेनन् । रानीको अवस्थादेखि राजाले युवराज महादेवलाई राजपाठ सुम्पेर राज दम्पती सेवानिवृत्तका लागि प्रस्थान गरे । राजकुमारको सम्झनाबाट विह्वल भएका मातापिता छोराले बुद्धìव प्राप्त गरेको जङ्गलको फेदीमा रहेको कङ्कमणि (शङ्खेश्वरी खोला) तीर्थमा आएर ध्यानमा बसेर त्यही दुवैले भौतिक जीवन उत्सर्ग गरे । उहाँहरूकै सम्झनामा शङ्खेश्वरी किराँतकालीन शैलीमा खुला मन्दिर स्थापना भएको छ ।
स्वयम्भू पुराणअनुसार राजकुमार महासìवले बोधिसìव प्राप्त गरेको करिब ३५०० वर्ष पछाडि सातौँ किराँती राजा जितेदस्तीको राज्यकालमा सिद्धार्थ गौतम बुद्ध काठमाडौँ आएका थिए । सोही अवसरमा भक्तपुर, नाला, पनौती, इटे, शङ्खेश्वरी हँुदै हिरण्य गिरी गन्धमादन पर्वतमा गएका र राजकुमार महासìवलाई अन्त्येष्टि गरिएको समाधि नजिक बसेर एक महिना ध्यान गरी बसेका थिए । ध्यानपश्चात् समाधिलाई तीन पटक परिक्रमा गरी नमः बुद्ध भनेर नमन गर्नु (ढोग्नु) भयो । सोही दिनदेखि उक्त समाधीको नाम नमः बुद्ध रहन गएको भनाइ छ । काठमाडौँ र रोसी उपत्यका र आसपासका नेवार नमः (नमो) बुद्धलाई नम्रा÷नमुरा द्यौ र स्थानलाई नम्रा÷नमुरा भन्दछन् । हाल आएर प्रायः सबैले नमो बुद्ध भन्न थालेका छन् । तथा नगरपालिकाको नाम नै नमोबुद्ध नगरपालिका राखिएको छ ।
किंवदन्तीअनुसार महानआत्माको सम्मानमा गौतम बुद्धको भ्रमणपश्चात् किराँतकालमा समाधि (ढिस्को) माथि सानो चैत्य बनेको थियो । लिच्छविकालका राजा मानदेव बुद्ध धर्म अनुयायी भएको हुँदा उनको पालामा रानी सत्यावतीको काखमा राजकुमारहरू महादेव र महाप्रसादसहितको ढुङ्गाको मूर्ति बनाउन लगाए । राम्रो चैत्य बनाई उक्त मूर्तिलाई चैत्यभित्र राख्नुको साथमा उक्त चैत्यको चार कुनामा एक एक स–साना चैत्य (चिवा द्यो) बनाई वज्राचार्य पुजारीको व्यवस्था गरी नियमित पूजाका लागि गुठी बन्दोबस्त गरिदिएका थिए । यस्तै मन्दिरका पुजारीहरू वज्रयानी भएको तथा आठौँ शताब्दीमा तिमालमा ध्यान गरेर बसेका वज्रयानी गुरु पद्य सम्भवको नमः बुद्धसँग अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ । नजिक बौद्ध गुम्बा बनेको छ । यहाँका स्थानीय लामा तिमालमा जन्मिएका गुरु रिम्पोछे पद्य सम्भव जसले सातौँ शताब्दीमा तिब्बत पुगेर वज्रयान बौद्धधर्म स्थापित गरे । उनले तपस्या गर्ने क्रममा प्राप्त गरेका तीन वटा वज्रमध्ये एउटा नमः बुद्धलाई चढाएकाे किंवदन्ती छ ।
हरेक वर्ष भगवान् बुद्धले आफ्नो स्थूल शरीर उत्सर्ग गर्नु भएको पुण्यघडी, कार्तिक पूर्णिमाको रात र भोलिपल्ट ठूलो मेला लाग्ने गर्दछ । यस्ता विशेष दिनहरूमा बौद्धमार्गी तथा अन्य धर्मका अनुयायी आफ्ना दिवंगत परिवार, आफन्त तथा साथी सङ्गीनीको सम्झनाको साथमा मृतआत्माको शान्ति कामना गर्दै नमः बुद्धमा दीप प्रज्वलन गर्दछन् । हरेक वर्ष भाद्र कुशे–औँसी, बुबाको मुख हेर्ने दिनको तीनदिन अघि नमः बुद्धको जात्रा गर्ने मूर्ति, नमः बुद्ध द्योःछेबाट ल्याएर महारथ राजाको (राजकुमार महासìवको जन्म थलो) पनौती दरबारमा केही समय राखेर बाहिर दबली छेउ रहेको ताहा फल्चामा सर्वसाधारणको पूजाका लागि राखिन्छ ।
त्यसपछि भोलिपल्ट पनौती सहरमा बाजागाजासहित परिक्रमा गरिन्छ र फेरि नमः बुद्ध द्योःछेमा नै फिर्ता लगिन्छ । संस्कार र संस्कृतिका पुजारी मल्लराजमा बुद्ध धर्मको दान र राजकुमार महासìवको अभयदान, प्राणीमा सहयोग, सहानुभूति र जीवनको महìवबारे व्यापक जानकारी दिने हेतु तथा हिरण्य गिरी गन्धमादन पर्वतसम्म हिँडेर जान नसक्नेको लागि काठमाडौँमा नमः बुद्धको बाह्र वर्षे मेला चलाए ।
माइतीघर र भद्रकालीको बीच इक्षुमती (टुकुचा) को किनार सडक छेउमै नमः बुद्ध गुठी छेः र सँगै पाटी बनाएका थियो । नमः बुद्धबाट जात्राको मूर्तिलाई हरेक बाह्र वर्ष माघ महिनाको पूर्णे पारेर एक हप्ता उक्त पाटीमा सर्वसाधारणको दर्शन तथा पूजाका लागि सजाएर राखिन्थ्यो । नमः बुद्ध गुठी छेः र पाटीमा अन्य स्थानका बुद्धका मेलाहरू पनि पालैपालो लगाउँथे । उक्त नमः बुद्ध गुठी छेः र द्योक्षे नेपाली सैनिक मुख्यालय नजिक भएको साथै द्वन्द्वकालमा सैनिक कार्यालय सुरक्षाको दृष्टिकोणले सर्वसाधारणका लागि भद्रकाली र माइतीघरबाट बाटो बन्द गरेपछि वि.सं. २०७० को बाह्र वर्षे मेला भद्रकाली मन्दिर परिसरभित्र चलाएका थिए । त्यसैले पनि सरकारले यस स्थानलाई प्राथमिकता साथ महìव दिएर यहाँको मौलिकता जोगाउनुपर्छ ।
वि.सं. २००७ को प्रजातन्त्रले अन्तर्राष्ट्रिय क्षेत्रलाई नेपालको ढोका खुलेपछि विश्वका विभिन्न भाग खास गरेर भारतका अलावा दक्षिण एसियाका मुलुक मलेसिया, जापान, कम्बोदिया आदि देशबाट तीर्थयात्रीको आगमन सुरु भयो । राजकुमार महासìवको अभयदानसहितले बोधिसìव प्राप्त गर्नु भएकोमा सिद्धार्थ गौतम बुद्धले राजकुमारको समाधि अगाडि नमः बुद्धको महìव तथा महिमा बुझेका तिब्बतीयन बौद्धमार्गीहरूले यस क्षेत्रको विकासमा ध्यान दिए । सन् १९७८ मा थ्राङ्गु ताशी याग्टसे गुम्बा निर्माण कार्य सुरु गरेर सन् २००८ मा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यस्तै फूलबारी रिसोर्ट, नमो बुद्ध रिसोर्ट र स्थानीय आतिथ्य सेवामा स्तरोन्नतिले विदेशी यात्रीको आकर्षण बढेपछि युरोप, अमेरिका र अफ्रिका महादेशबाट पनि तीर्थयात्रीको लर्को लाग्न थालेको छ । यो क्षेत्रको संरक्षण गरेर अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन ढिला गर्नुहुन्न ।