• ८ असार २०८१, शनिबार

निहारिकाका छोरा र शिवराजको डीएनए परीक्षण गर्न अदालतको आदेश

blog

फाइल तस्बिर

धीरेन्द्रप्रसाद साह

जनकपुर, भदौ ८ गते । उच्च अदालत जनकपुरले कुमारी आमा निहारिकाका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ। 

बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले कुमारी आमा निहारिकाका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षणका लागि आदेश दिएको हो ।

२०७८ फागुन १५ गते दर्ता गरिएको जबरजस्ती करणी मुद्दामा उच्च अदालत जनकपुरले सो आदेश दिएको हो । निहारिकाले न्यायकाे माग गर्दै लामाे समयदेखि विभन्न खालका आन्दोलन गर्दै आउनुभएको छ ।