• ८ असार २०८१, शनिबार

एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने

blog

बुधबार पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा ।

काठमाडौं, भदौ ८ गते। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ। 

नेकपा (एस) का प्रवक्ता जगन्नाथ खतिवडाले बुधबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र प्राप्त भएको भदौ ९ गते पार्टी पुनर्गठनको दिवसको रुपमा मनाउन लागिएको जानकारी दिनुभयो।

गत वर्ष भदौ २ नेकपा (एमाले) बाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा समाजवादीले आयोगमा दल दताको निवेदन पेश गरेको थियो। 

खतिवडाले भन्नुभयो, “पहिलो परिणाम प्रतिगमनकारी क्रियाकलाप गर्ने नेकपा (एमाले) को नेतृत्व झुण्डलाई सत्ताबाट तल झारेका छौं। देशभरीका लोकतान्त्रिक, समाजवादी शक्तिलाई एक ठाउँमा उभ्याएर, जुटाएर नेपालको संविधानलाई जोगाउने, राजनीतिक स्थायित्व प्रदान गर्ने काम गरेका छौं।”

सोही प्रयासका कारण मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गइहरको उहाँको भनाइ छ। पार्टीमा हालसम्म पाँच लाख सदस्यता वितरण गरिसकेको र दुई लाखभन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आबद्ध भइसकेको उहाँले बताउनुभयो।