• ८ असार २०८१, शनिबार

एक हप्तामा पाँचजना सङ्क्रमितको मृत्यु

blog

काठमाडौं, भदौ ८ गते । नेपालमा एक हप्तामा पाँचजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले मन्त्रालयको कोरोना विफ्रिङमा बोल्दै एक हप्तामा पाँचजनाको मृत्यु भएको बताउनुभयो ।

डा.ठाकुरका अनुसार मृत्यु भएकामध्ये अधिकांश बिरामी दीर्घ रोगी र कोरोनाविरुद्धको खोप नलगाएका छन् ।

नेपालमा कोरोना सङ्क्रमणदर ११ प्रतिशतभन्दा बढी रहेको छ । नेपालमा सङ्क्रमितमध्ये ५० प्रतिशत बिरामीलाई कुनै पनि लक्षण नदेखाउने हुँदा थप सर्तकता भई जनस्वास्थ्यका मापदण्डा अपनाउनुपर्ने डा.ठाकुर आग्रह छ । 

गत २४ घण्टामा चार हजार १७७ जनाको कोरोना परीक्षण गर्दा ४८७ मा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ लाख ४६ हजार ६१ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार ९९५ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २९८ रहेको छ । पछिल्लो सयय कोरोना सङ्क्रमणको कारण आइसीयू र भेन्टिलेटरमा बिरामीको सङ्ख्या बढ्दै गएको डा.ठाकुले बताउनुभयो । नेपालमा १७५ जना सङ्क्रमित अस्पतालमा उपचाररत रहेका छन् । जसमध्ये ५० जना सङ्क्रमित आइसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

नेपालमा कुल जनसङ्ख्याको ७५.२ प्रतिशतले पहिलो र ७२.९ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । नेपालमा अतिरिक्त मात्रा खोप लगाउने २५ प्रतिशत रहेका छन् । अझै ७५ प्रतिशत जनसङ्ख्याले अतिरिक्त मात्रा खोप लगाएका छैनन् ।

कोरोनाविरुद्धको शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाइ गम्भीर सङ्क्रमण हुन नदिने हुँदा कोरोना विरुद्धको खोप लगाउन चिकित्सक सुझाव छ ।