• १३ साउन २०८१, आइतबार

मेलम्चीको रकम प्राप्त

blog

काठमाडौँ, भदौ ८ गते । बैङ्क अफ काठमाण्डु लिमिटेडले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टीबापतको रकम प्राप्त भएको छ ।  बैङ्कबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टीबापतको भुक्तानी रकम फिर्ता आएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिनुभयो । आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरूप पूरा नगरी बिचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टी उपर दाबी गरेकाले बैङ्क अफ काठमाण्डुबाट ग्यारेन्टीबापतको रकम भुक्तानी गरिएको थियो ।