• २९ जेठ २०८२, बिहिबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

blog

काठमाडौँ,  जेठ २८ गते ।  मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० र चाँदीमा १५ ले बढोत्तरी भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस